नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर सुदूरपश्चिम सरकार टिक्ला ? विश्वमा हतियारको होडवाजी कति तानाशाही थिइन् इन्दिरा गान्धी सन्दीप लामिछानेले दिए पोल खोल्ने चेतावनी भाजपाको निम्तोमा दिल्ली पुगे नेपालसहित १० देशका प्रभावशाली दलका नेता विश्वकप क्रिकेट खेल्ने नेपाली टोली (सूचीसहित) नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने देशका यी स्थानमा आगलागी, जनधनको ठूलो क्षति पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई विरासतको राजनीतिः सुहाङ जिते अभिषेक हारे इलाम २ मा सुहाङ नेम्वाङ विजयी इलाम २ मा सुहाङले गति बढाए, डम्बरलाई उछिन्ने प्रयासमा डेकेन्द्र बझाङमा एमालेका भण्डारी मारे बाजी लगानी सम्मेलन सफल भयो: अर्थमन्त्री पुन बझाङमा अभिषेक दमनभन्दा झीनो मतले अगाडि सुहाङ बलियो स्थितिमा, इलाममा कस्लाई कति मत इलाम २ मा सुहाङले डम्बरलाई पछि पारे इलाम २ मा कस्को कति मत इलाम २ मा काँग्रेसका डम्बर खड्कालाई अग्रता अख्तियारका कम्युटर इन्जिनियर अर्याल सीआइबीको नियन्त्रणमा भारतबाट प्याज निर्यात खुलेसँगै मूल्य घट्ने इलाम २ मा मतदानमा के हुँदैछ जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भारतमा लोकसभाको चुनाव, १३ राज्यमा मतदान आज कक्षा १२ को परीक्षा आजबाट सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय कक्षा १२ को परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदै एनसेलको शेयर कारोबार प्राधिकरणले अस्वीकृत गरेपछि… शिक्षा मन्त्रालयको कडा परिपत्रले दलका नेता बनेका शिक्षक आतंकित विश्व पृथ्वी दिवसमा सन्देशमूलक कार्यक्रम तस्बिरमा कतारका राजा थानीको स्वागत विश्वभर सैन्य खर्च बढ्दो, यी हुन् खर्चालु देश किन नेपाल आउँदैछन् कतारका राजा थानी माधव नेपालले गरे डरलाग्दो संकेत नेकपाको हिरक महोत्सव (फोटोफिचर) कर्जा लिने निरुत्साही, बैंकहरुले के गर्लान् ? नागरिक लगानी कोषबाट सेवानिवृत्त कर्मचारीको बढी कर कटौती किन ? ओली अस्वस्थ म्यानमार लगी साइबर दास बनाउने गिरोहको तारोमा नेपाली युवा प्रचण्डसँग बाबुराम आक्रोशित राजतन्त्र नफर्कने ओलीको ठोकुवा विश्वबजारमा कच्चा तेलको मूल्यवृद्धि फाष्ट ट्रयाक समयमै सक्ने सेनापति शर्माको दाबी, ३३ प्रतिशत काम पूरा २५ करोड भ्रष्टाचार प्रकरणमा टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भारतको सहयोगमा निर्माण हुने दार्चुलाको विद्यालय भवनको शिलान्यास र उद्घाटन मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्लान् ? वामपन्थी एक बनाउन चीनको पहल

आयरल्यान्ड ए विरुद्ध नेपाल ए को लज्जास्पद ब्याटिङ

२३ चैत्र २०८०, शुक्रबार

काठमाडौं । लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९ बलमा २ चौका सहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६–६ रनमा आउट भए । स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २९२ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएको थियो ।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्का सहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौका सहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए । नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो । पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । उक्त खेलमा म्याथ्यु हम्फ्रेजले ६ विकेट लिएका थिए । नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आइतबार हुनेछ ।