मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै नोटमा छैन देश निर्माण गर्ने महामानवको तस्बिर

भारतको चुनावमा के होला

२४ चैत्र २०८०, शनिबार

विपिन देवः सन् २०२४ लाई चुनावी वर्ष भन्न सकिन्छ । संसारको ६४ वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा जन अभिमत प्राप्त गर्दैछ । प्रजातान्त्रिक पद्धतिमा चुनाव उत्सव, उल्लास र अवसरको घडी हो भन्ने अधिनायकवादी पद्धतिमा चुनाव एउटा कर्मकाण्ड मात्र हो । सन् २०२४ मा भारतीय चुनावी प्रक्रियालाई महाकुम्भको रूपमा नै चित्रित गर्न सकिन्छ । सन् २०२४ अप्रिलदेखि जुन ४ सम्म हुन गइरहेको उक्त चुनावमा ९७ करोड मतदाता हुनेछ । यी मतदाताहरूको लागि १० लाख भन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको । ५० को दशकमा माक्र्सवाद, समाजवाद, क्षेत्रीयता र भाषाले चूनावी भाष्य निर्धारण गर्ने गरेको थियो ।

६० को दशकमा राष्ट्रवादले चुनावी भाष्य लियो । सन् १९६२ मा चीनसंग पराजीत हुनु र सन् १९६५ मा पाकिस्तानलाई पराजय गर्नु जस्ता मुद्दाहरूको चुनावमा गहिरो प्रभाव देखिन्थ्यो । वर्तमान परिवेशमा चुनावी विर्मशमा राजनैतिक प्रस्तावनाले कुनै खास महत्व राखेको देखिदैन । सूचना प्रविधिद्वारा शिक्षित नेताहरू साम्यवाद र समाजजवादको दृष्टान्त र उदाहरणहरू आफ्नो व्याख्यान र अभिभाषणमा दिने गरेको छैन । अर्थात् सन् २०२४ को भारतीय चूनावी भाष्यामा आर्थिक विकास, भारतको अन्तर्राष्ट्रिय छवि, लोककल्याणकारी योजना जस्ता मुद्दाहरू चुनावी भाष्य रहेको छ । यी मुद्दाहरूको सेरोफेरोमा भारतीय परराष्ट्र नीतिको सफलता एक महत्वपूर्ण विषय रहेको छ ।

विगतका दिनमा परराष्ट्र नीति अङ्ग्रेजी भाषी र उ‘च्च मध्यमवर्गीय मतदाताको अभिरूचीको विषय थियो । परराष्ट्र नीतिको वहसलाई वौद्धिक विलाशको रूपमा व्याख्या गरिन्थ्यो । तर भूमंडलीकरण र खुला बजारको प्रभावले गर्दा परराष्ट्रनीतिको सम्बन्ध जनजनसंग जोडिएको छ । भारतीय जनता पार्टीले आफ्ना सरकारमा परराष्ट्र नीतिमान प्राप्त सफलतालाई पू‘जीकृत गर्न चूनावी संग्राममा होमिएका छन् । भारतीय जनता पार्टीले परराष्ट्र नीतिको प्रमुख सफलताको रूपमा आपतकालीन समयमा विश्व भरमा रहेका भारतीयहरूलाई विपको समय सकुशल उदार गर्नुलाई आफ्नो कूटनीतिक सफलताको फेहिरस्त बखान गरिरहेका छन् । अर्थात् कोरोनाका कहरमा “वन्दे भारत” कार्यक्रम अन्तर्गत ७० लाख भारतीयलाई विश्वको कुना(कुनावाट भारत भित्रायाउनुलाई वडो सफलताको रूपमा चित्रित गरिदैछ । अफगानिस्तानमा अपरेशन देवी शक्तिद्वारा भारतीयहरूलाई अफगानिस्तानवाट अवतरित गराउन सफल गराउनुलाई ठुलो सफलताको रूपमा चूनचावी मुद्दा बनाइएको छ ।

अपेरशन अजयको माध्यमबाट इजरायलवाट भारतेलीहरू मुक्त गरेर भारत ल्याउनु र अपरेशन काबेरीवाट सुडानमा फसेका भारतेलीहरूलाई मुक्त गराउनुलाई पराराष्ट्र नीतिको सफलताको रूपमा लिइन्छ । यी राहत कार्यहरू वाहेक अपरेशन गंगालाई संसारको सबै महत्वपूर्ण सञ्चारगृहहरूले यथेष्ठ ठाउ‘ दिएका थिए । अर्थात् रसियाले युक्रेनमा आर्कषण गर्दा २२ हजार भन्दा अधिक भारतीय विद्यार्थीहरू युक्रेनमा विभिन्न विद्यापिठहरूमा अध्ययन गरिरहेका थिए । अति संकटपूर्ण अवस्थामा मोदी सरकारमा ४ क्याबिनेट स्तरमा मन्त्रीहरू समेत परिचालित हु‘दै सम्पूर्ण विद्यार्थीहरू युक्रेनवाट भारत ल्याउन सफल हुनुलाई मोदी सरकारको परराष्ट्रनीतिको मुख्य सफलताहरू मध्ये एक सफलताको रूपमा रेखाङ्कन गर्न सकिन्छ ।

भाजपाले यी सबै राहतका कार्यक्रामहरूवाट सरकारले जनता प्रतिको दायित्व निर्वाह गरेको कुरा चूनावी समारोहमा प्रचार-प्रसार गरेका छन् । मोदी सरकारको परराष्ट्रनीतिको प्रमुख सफलताको रूपमा भारत अमेरिकी सम्बन्धलाई समेत व्याख्या गरिन्छ । सन् २०१४ देखि सन् २०२४ सम्मा अमेरिकामा ओभामा, ट्रम्प र वाइडेन राष्ट्रपति रहेको छन् । तीनै राष्ट्रपतिहरूको भारत भ्रमण हुनु र हरेक राष्ट्रपतिले भारतसँगको सम्बन्धलाई विशेष महत्व दिनुलाई परराष्ट्रनीतिको सफलताको रूपमा लिन सकिन्छ । विगतका दशकमा यी राष्ट्रपतिहरूको नीतिले नै गर्दा अमेरिका भारतको सबैभन्दा ठुलो व्यापारिक साझेदारी हुन सफल भएको छ । खास गरेर वेका र कमभाषा जस्ता सम्झौताबाट उच्च स्तरको हतियार उपकरण भारतलाई उपलब्ध गराउन अमेरिकाले मार्ग प्रशस्त गरेको छ । परराष्ट्र नीतिको महत्वपूर्ण सफलताको रूपमा समृद्ध मुलुकहरूसंगको सामिप्यतालाई समेत लिन सकिन्छ । संसारका समृद्ध मुलुकहरू जापान, दक्षिण कोरीया, अष्ट्रेलीया, युरोपेली युनियन, साउदी अरेबिया जस्ता मुलुकहरूसंग भारतको संघन सम्बन्ध रहेको छ ।

कोरोनाको कहरका विशवको लागि औषधालयको रूपमा पहिचान बनाएर १०० भन्दा अधिक मुलुकहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सक्नुलाई समेत वि.जे.पी.ले सरकारको सार्मथ्य र पौरखको रूपमा व्याख्या गरेका छन् । संसारका ७० वटा मुलुकहरूमा ७०० भन्दा अधिक उच्च स्तरीय योजना परिचालन गर्नु जस्ता उदाहरणबाट भारतको नयॉ पहिचान स्थापित कुरा मतदाता माझमा चूनावी कार्यक्रमद्वारा सूचित गरिदै छ । साथ साथै सन् २०१६ देखि भारतले अन्तर्राष्ट्रिय मञ्चमा नयॉ भाष्य स्थापना गरेको कुरा समेत जिकिर गरेको देखिन्छ । सन् २०१६ देखि नै रायसीना सम्वादको माध्यबाट संसारको सबभन्दा ठुलो शास्त्रार्थ आयोजना भारतले गर्दै आएको छ । संसारको हरेक महत्वपूर्ण मुद्दाहरूमा गन्थन र मन्थन हुने उक्त कार्यक्रमले वौद्धिक वहसद्वारा संसारको हरेक मौलिक मुद्दाहरूको चिरफार गर्दै आएको छ ।

रायसीना सम्वादलाई वौद्धिक महाकुम्भ पनि भन्न सकिन्छ । मोदी सरकारको परराष्ट्र नीतिको महत्वपूर्ण सफलताको रूपमा जी ट्वान्टीको अनुष्ठानलाई समेत लिन सकिन्छ । जी ट्वान्टीको छाता मुनी २०० कार्यक्रमको आयोजनाद्वारा भारतको ६० वटा शहरहरूमा कार्यक्रम सञ्चालन गर्नुलाई परराष्ट्र नीतिलाई जनजनसम्म जोड्नु हो । जी ट्वान्टी सम्मेलनमा दक्षिण जोलाद्ध (ग्लोवल साउथ)को भावनालाई ध्वनित गर्नुलाई समेत परराष्ट्र नीतिको सफलताको रूपमा व्याख्या गर्न सकिन्छ । जी ट्वान्टीको सन्ध्यामा संसारमा १२५ वटा मुलुकहरूसंग सम्वाद गरेर उनीहरूको भावनालाई जी ट्वान्टीमा समावेश गर्नुलाई मोदी सरकारले आफ्नो सफलताको रूपमा व्याख्या गरेको देखिन्छ ।

बङ्गलादेशसंग सीमा विवाद समाधान गर्नु र श्रलिङ्कालाई ४ दशमलव ५ विलियन वित्तिय सहयोगबाट आर्थिक दिवालीयापनको संघारबाट जोगाउनुलाई छिमेकी प्रतिको दायित्वको रूपमा व्याख्या गरिएको छ । तर मोदी सरकारको सफलतालाई विपक्षीहरूले प्रश्नको घेरामा राखेका छन् । चीनिया राष्ट्रपति सीसंग मोदीको २० पटक भेट भए तापनि तनाव शिथिलीकरण गर्न नसक्नुलाई असफलताको संज्ञा विपक्षीले दिएको छ । न्युक्लियर सप्पलाई ग्रुपमा सदस्यता नपाउनु, सार्क, विमस्टेक, र असंलग्न राष्ट्रहरू मञ्चलाई असाहय बनाउनुलाई मोदीको कमाजोरीको रूपमा विपक्षले व्याख्या गरेको देखिन्छ । जे भए पनि लोकतान्त्रीक पद्धतिमा परारष्ट्र नीति चुनावी भाष्य हुनुलाई एउटा नौलो प्रयोगको रूपमा लिन सकिन्छ ।