रवि लामिछानेको के होला ? मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय ओलीले किन चाहे मध्यावधि चुनाव प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त ओलीले रविलाई जोगाउन सक्लान् पुटिन किन पुगे चीन गृहको एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद सफाई पाएपछि सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा पेट्रोल र डिजेलको मूल्य घट्यो प्रचण्डसँग बदला लिने रणनीति बुन्दै उपेन्द्र सुदूरपश्चिममा एमालेले सोडारीलाई मत दिने राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत प्रचण्डले तोड्लान घेराबन्दी सन्दीप लामिछानेको मुद्दामा के होला ? नीति तथा कार्यक्रम प्रस्तुत गर्दै: राष्ट्रपति पौडेल सन्दीपको मुद्दामा बहस जारी प्रधानसेनापतिले को को बाट देखे कस्तो खतरा जसपा फुटाउने समूहका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना राज्यमन्त्री उपेन्द्र यादवको व्यस्तताः भेटघाट, बैठक राजीनामा अनि अदालतमा रिट कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत उपेन्द्र यादवले दिए राजीनामा यौन र्दुव्यवहार गर्ने मुस्लिम धर्मगुरुको मदरसाका विद्यार्थीबाट हत्या भारतमा चौंथो चरणको लोकसभा चुनाव सरकारबाट जसपा नेपाल फिर्ता हुँदै, प्रचण्ड सरकारलाई धक्का पर्नसक्ने मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्दै, माओवादी बाहिरियो विकल पौडेलले भ्रष्टाचारको गरी विदेशमा पैसा जम्मा गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दायर २९ औं पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले बनाए विश्वकिर्तिमान रातो मच्छिन्द्रनाथको रथ यसरी तानियो रुस-युक्रेन युद्ध नरोकिँदा सँसारभर समस्या सगरमाथा आरोहरणको मार्ग तयार गर्ने १० शेर्पा टोली चुचुरोमा रवि र गगनबीच आरोप प्रत्यारोपमा राजनीति छाड्ने चुनौती खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार कामचलाऊमा सिमित बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास रवि लामिछानेलाई सिध्याउन को को सक्रिय उपेन्द्र यादवले सरकार छाड्लान् कि हटाइएलान् ? महाकालीमा खरबौंका सपना बेचेका ओलीले चुच्चे नक्शामा के गर्लान् ? जसपा विभाजनमा निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालत जाने यसकारण छ मातातीर्थ औंशीको विशेष महत्व भारतमा लोकसभाको तेस्रो चरणको मतदान जातीय र क्षेत्रीय दल कमजोर हुँदै गएका हुन् ? उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी दुई टुक्रा निर्वाचन आयोगले २४ घण्टाभित्र दियो अशोक राईलाई दल दर्ताको प्रमाणपत्र जसपा विभाजनले औपचारिकता पाउन नसक्ने भारतमा चुनाव चल्दै गर्दा नेपालमा चुच्चे नक्शाको फेरि चर्चा यसकारण साना दलमा विवाद र फुट जसपा किन फुट्यो जीबी राई पक्राउ गरी ल्याउने प्रयासले पायो गति यसकारण माधव नेपालसँग प्रचण्ड सशंकित सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै

युक्रेन तहसनहस

२७ चैत्र २०८०, मंगलवार

एजेन्सी, २७ चैत्र । कमेडियन जेलेन्स्कीको राजनीतिमा उदय योजनावद्ध नै थियो । पश्चिमाहरु रुसविरुद्ध खडा गरेको पात्र जेलेन्स्कीका कारण रुसलाई उत्तेजित पार्ने गतिविधि भए । रुसले पनि युक्रेनमाथि आक्रमण गर्यो र युद्धले दुवैलाई ठूलो क्षति भएको छ । विशेषगरी युक्रेन त तहसनहस नै भएको छ ।

सोभियत संघबाट विभाजित हुँदा युक्रेनसँग आणविक हतियार नै थियो । सोभियतकालमा युक्रेनमा विश्वकै उत्कृष्टमध्येका हतियार बन्थे । पछि रुस र अमेरिकाबीचको वार्ताबाट युक्रेनलाई आणविक हतियाररहित देश बनाइयो । तर, उसले युद्धक विमान, हेलिकोप्टरका अलावा शक्तिशाली हतियार बनाएर निर्माण गरिरह्यो ।

युक्रेनको हेलिकोप्टर सँसारकै उत्कृष्टमध्येको थियो । उसका मिसाइलका अलावा अन्य हतियार पनि विश्व बजारमा माग हुन्थ्यो । युक्रेन गहुँलगायत अन्नको निर्यातकर्ता पनि रह्यो ।

युक्रेनी जनतामा त्यस्ता नेताहरुको उदय भयो जसले उसलाई महत्वाकांक्षी बनाइदियो । युक्रेनलाई नाटोमा जोड्ने एजेन्डाहरु अघि सारिए । रुसी प्रभावबाट मुक्त भएर अमेरिकासँग नजिकिने रणनीतिमा युक्रेनका नेताहरु बढे । उनीहरु नै शक्तिमा आए ।

समयकालले जेलेन्स्की जस्ता पात्रको उदय भयो । लोकप्रीय कमेडियन जेलेन्स्कीले युक्रेनलाई रुसभन्दा बलियो शक्ति बनाउने सपना देखाए । उनले अमेरिकालगायत नाटोसँग नजिकिने एजेन्डा सारे र राष्ट्रपतिको चुनाव जिते । जेलेन्स्कीको कालमा रुसविरोधी गतिविधि बढ्न थाल्यो । यतिसम्मकी टल्सटोयको वार एण्ड पिस पनि प्रतिबन्ध लगाइयो ।

जेलेन्स्कीले देखाएको सपनाको पछि युक्रेन चल्न थाल्यो । रुसले पनि आफ्नो देशमाथि युक्रेनले सुरक्षा खतरा बढाउने भन्दै कडा नीति देखाउन थाल्यो । नाटोमा युक्रेन जानु भनेको रुस घेराबन्दीमा पर्नु थियो । महत्वपूर्ण समुन्द्री बन्दरगाह रहेको क्रिमिया रुसका लागि बन्देज हुने अवस्था आउन सक्ने भयो ।

रुसले विस्तारै युक्रेनका भूभाग अतिक्रमण गर्न थाल्यो । क्रिमिया हात पार्यो । पछि युक्रेनमाथि नै आक्रमण गर्यो ।

युक्रेनको राजधानी किभसँग रुसी सेना पुगेर आक्रमण गरे । तर, अमेरिकालगायत नाटोसम्वद्ध देशहरुको भित्री साथ पाएर युक्रेन रुसमाथि प्रत्याक्रमणमा लाग्यो । युक्रेनका हतियार कारखाना ध्वस्त हुँदै गए । गहुँलगायत अन्नको निर्यातमा अवरोध भयो । युक्रेन हतियारलगायत सैन्य सहयोग पाइरहन पुग्यो । तर, रुसी आक्रमणबाट युक्रेनको हतियार कारखाना देखि मुख्य सैन्य अखडाहरु ध्वस्त बनाइए ।

युद्ध कुनैपनि बेला सकिएला । तर, युक्रेनको शक्ति फेरि नफर्किने गरी बिग्रिइसकेको छ । युक्रेनको हतियार कारखाना ध्वस्त छन् । ठूलो जनधनको क्षति भएको छ । युक्रेनले आफ्नो सार्वभौमिकताको लागि त लड्यो तर धेरै गुमायो । युद्धमा उसले भूगोल मात्र गुमाएन सैन्य शक्ति नै गुमायो ।

युक्रेन खुम्चिएको छ युद्धले । कुनैपनि देशले युद्ध भूगोलको विस्तार या शक्ति विस्तारको लागि गर्छ । युक्रेनका लागि त्यो दुवै प्राप्त भएन । उसले गुमायो मात्र । युक्रेन कमेडिएन जेलेन्स्कीको नेतृत्वमा नोक्शान नै नोक्शान पर्ने युद्ध लडेर बर्बाद भएको छ ।